Logo

खाली पेटमा लसुन खानुहोस् पुग्नेछ हाम्रो स्वास्थ्यमा यी अचुक फाइदाहरु



Spread the love


लसुनले हाम्रो खानाको स्वाद बढाउने गर्छ । लसुन नभएको खानाको स्वाद फिक्का लाग्ने गर्दछ । लसुनले खानाको स्वाद बढाउने मात्र नभएर खाली पेटमा लसुनको सेवन गर्दा हाम्रो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ ।

मधुमेह, डिप्रेशन र क्यान्समा लसनु खाने गर्नुहोस्:

लसुनले शरीरलाई परजीवीबाट जोगाउँछ । लसुनको सेवन गर्दा उच्च रक्तचापको समस्या कम गर्ने मात्र नभएर रक्तसंचारमा पनि निकै सहयोग पुर्याउँछ ।

पाचन क्रियामा मदत पुर्याउछ :

लसुन सेवन गर्दा तपाईंको पाचन क्रिया निकै राम्रो हुन्छ । यसले पेटको समस्याजस्तै झाडा, कब्जियत र ग्याँसमा पनि राहत दिन्छ ।

एन्टिब्याक्टेरियल गुणले भरपुर हुन्छ :

दैनिक लसुन खाँदा पटक–पटक रुघा–खोकीले सताउँदैन । यसबाहेक यो दम, निमोनिया, ब्रोन्काइटिसजस्ता समस्यामा पनि निकै फाइदाजनक मानिन्छ ।

मुटु स्वस्थ रहनेछः

लसुनले मुटुलाई स्वस्थ बनाउने मात्र नभएर रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । यसले हृदयघातको सम्भावनालाई निकै कम गर्छ ।

प्रतिक्रिया दिनुहोस्