Logo

मोजाविना नै जुत्ता लगाउँदा आकर्षक त देखिएला तर यसले छालासम्बन्धी अनेकौं समस्या निम्त्याउँछ



Spread the love

फेशन भन्ने कुरा प्रायः फेर बदल भई रहन्छ । आजकल मोजाविना नै जुत्ता लगाउने फेशन चलेको छ । यसरी जुत्ता लगाउँदा आकर्षक त देखिएला तर यसले छालासम्बन्धी अनेकौं रोग निम्त्याउँछ ।

वैज्ञानिकहरूको अनुसार, मोजाविना जुत्ता लगाउँदा फंगल इन्फेक्सन हुने खतरा हुन सक्छ । हाम्रो गोडाबाट दिनभरिमा अत्यधिक पसिना निस्कन्छ र मोजाले त्यो पसिना सोस्छ । तर मोजा लगाएन भने त्यसमा धूलो टाँसिन आउँदा ब्याक्टेरिया जन्मिन्छ । यसले एथलिट फूट जस्तो समस्या निम्त्याउँछ ।

जुत्ता लगाउँदा हावा छिर्न नपाएपछि र धूलो, पसिना अनि फोहर जम्मा हुन्छ जसले गर्दा गोडालाई हानि पुग्छ । मोजा नलगाउँदा घाउ पनि हुन्छ जसले गर्दा हिँडडुल गर्न गार्हो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्