Logo

यज्ञनिधिको ‘खुल्ला आकाश’ सार्वजनिक



Spread the love

१७ साउन, काठमाडाैँ – साहित्यकार तथा रेडियोकर्मी दाहाल यज्ञनिधिको प्रथम स्मृति सभाको अवसरमा आज ‘खुल्ला आकाश’ गीति एल्बम सार्वजनिक भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो एल्बम सार्वजनिक गरे ।

एल्बममा दाहालरचित पाँच गीत समावेश छन् । ती गीतमा नोर्बु शेर्पा, लोचन भट्टराई, आयुष केसी, फणीन्द्र राई, संगीता प्रधान रानाले स्वर र संगीत संयोजन गरेका छन् । एल्बमको निर्माण दाहालकी पत्नी सुधा दाहालले गरेकी हुन् । मिर्गौला प्रत्यारोपण गरिएका दाहालको गत २०७५ साउन २५ गते निधन भएको थियो । लामो समय रेडियो नेपालको ‘साहित्य संसार’ कार्यक्रम सञ्चालन गरेका दाहाल लोकतान्त्रिक साहित्यिक अभियानमा सेतूको भूमिका निर्वाह गर्ने नागार्जुन साहित्यिक प्रतिष्ठानका संस्थापक सल्लाहकार एवं पूर्वअध्यक्ष थिए ।

मन्त्री पोखरेलले यज्ञनिधि साहित्यकार र सञ्चारकर्मी हुनाका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा दाहालको योगदान महत्वपूर्ण योगदान दिने नागरिक भएको बताए । कार्यक्रममा ‘साहित्यसेवी दाहाल यज्ञनिधि’ शीर्षकको १५ मिनेटको वृत्तचित्र पनि प्रदर्शन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्