Logo

महिला चेम्बर र सनराइज बैंकबीच सम्झौता



Spread the love

१७ साउन, काठमाडाैँ – नेपाल महिला चेम्बर र सनराइज बैंक लिमिटेडबीच व्यापार साझेदारी सम्झौता भएको छ । नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ र सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलबीच बिहिबार व्यापार साझेदारी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा महिला चेम्बरमा आबद्ध महिला सदस्यलाई बैंकको तर्फबाट कर, लेखा र वित्तसम्बन्धी परामर्शमूलक विविध कार्यक्रम आयोजना गर्ने उल्लेख छ । कार्यक्रममा नेपाल महिला चेम्बरका अध्यक्ष श्रेष्ठले महिला उद्यमीलाई आत्मविश्वास दिलाउन सम्झौताले सहयोग पुग्ने बताइन् । “महिला उद्यमीले कर, लेखा र बित्तसम्बन्धी जानकारी सहजै हासिल गर्न सक्ने वातावरण तयार गर्न यो प्रयास कोशेढुङ्गा बन्नेछ”, उनले भनिन् ।

सनराइज बैंकका कार्यकारी अधिकृत पौडेलले महिला उद्यमीलाई सम्झौतासँगै व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण हुने बताए । उनले चेम्बरमा आबद्ध महिला आयातकर्ता र निर्यातकर्तालाई विद्यमान बैङ्किङ सुविधाबारे जानकारी पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्