Logo

पाँच तले भवन नदीमा हिडीरहेछ !



Spread the love

एजेन्सी । सोसीयल मिडियामा हरेक दिन अपत्यारिला भिडियोहरु अपलोड भइरहेका हुन्छन । यस्ता भिडियो देख्दा लाग्छ के यो सम्भव छ ?

यस्तैमा ट्वीटरमा एक भिडियो भाइरल भएको छ । नदिमा हिड्दै गरेको पाँचतले विल्डिङ सोसल मिडिया तहल्का मच्चाउन  सफल भएको छ । चीनको याङजी नदिमा हिड्दै गरेको पाँचतले भवनलाई लिएर एक ट्वीटर प्रयोगकर्ताले भिडियो सेयर गर्दै भनेका छन, “यस्तो चिज चीनमा मात्रै हुन सक्छ ।”

वास्तवमा यो पाँचतले विल्डिङ फ्लोटिङ रेष्टुरेन्ट हो । जसलाई एक ठाउँबाट अर्काे ठाउँमा स्थानान्तर गरिदैछ । चिनियाँ मिडियाले जनाए अनुसार उक्त रेष्टुरेन्टले अधिक प्रदुषण फैलाएका कारण स्थानीय प्रशासनले हटाउन आदेश दिएको थियो ।

इम्प्रेशन जियान्गजीन नामको उक्त पाँचतले रेष्टुरेन्ट प्रशासनको आदेशपछि पानीजहाज मार्फत याङ्जी नदिबाट अर्काे स्थानमा लगिन थालिएको हो ।

हेर्नुहाेस भिडियाे

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्