Logo

शोकमा डुबेको गाउँलाई विदेशबाट एक लाख आर्थिक सहयोग



Spread the love

१७ साउन, गुल्मी । अविरल वर्षासँगै गएको पहिरोको कारण ठुलो जनधनको क्षति व्यहोरेको गुल्मीको सत्यवती गाउँपालिकालाई यति बेला आर्थिक सहयोग जुटिरहेको छ ।

त्यस्तै, पछिल्लो समय सत्यवती गाउँपालिका वडा नम्बर दुई चेहेमी घर भई हाल जापानको टोकियोमा अध्ययन गर्दै आएका मोहन कुँवरले देशका विभिन्न ठाउँबाट टोकियो पुगेका नेपाली दाजुभाइसँग सहकार्य गरी एक लाख आर्थिक रकम सङ्कलन गरी जिल्लाको स्थानीय गुल्मी टेलिभिजनलाई प्रदान गरेको कुँवरले बताएका छन् ।

गुल्मी टेलिभिजनले तयार पारेको स्थलगत रिपोर्टबाट प्रभावित भई आर्थिक सहयोग जुटाएर सम्बन्धित ठाउँसम्म पुर्‍याउन अपिल गरेको उनको भनाइ रहेको छ ।

आफ्नो गाउँ यति बेला सारै दुखमा रहेको र चारैतिरबाट सहयोग जुटिरहेको बेला मैले पनि गाउँको लागि केही गर्नु पर्छ भन्ने सोचका साथ केही आर्थिक रकम भए पनि सहयोग जुटाएर पठाएको कुँवरले उल्लेख गरे । साथै सहयोग सहयोग गर्न सबैलाई उनले धन्यवाद समेत व्यक्त गरेका छन् ।

गुल्मी सत्यवती गाउँपालिकाको बाढी पीडितका लागि जापानबाट अहिलेसम्म सङ्कलित रकम
मोहन कुँवर रु,५००० -गुल्मी सत्यवती (चेहेमी )
उमेश ओली रु, ५०००-नुवाकोट
राम शरण अधिकारी रु, ५००० सिन्धुपाल्चोक( इन्द्रावती)
उत्तम दाहाल रु, ५०००- सिन्धुपाल्चोक बाह्रबिसे
रोशन ज्ञवाली रु, ५०००- वीरवास गुल्मी
प्रनिस बस्नेत रु,५०००- काठमाडौँ किर्तिपुर
रिना कुँवर रु, ५०००- गुल्मी सत्यवती ( चेहेमि)
गीता जी. सी. रु, २५००- गुल्मी ( धुर्कोट)
सुजन भुजेल रु,१५०० -स्याङ्गजा
गोविन्द दाहाल रु,३०००- ओखलढुङ्गा
माया न्यौपाने रु, ५००० गुल्मी सत्यवती ( रुद्रबेनि)
विष्णु न्यौपाने रु, ५००० रुपेन्देही ( मुर्गिया)
भुवन गुरुङ रु, ३००० धादिङ (कटुन्जे)
अनिल पाण्डे रु, ५०००-गुल्मी सत्यवती (राम बारी )
भुवन कुँवर रु, ५००० – गुल्मी सत्यवती ( मचाकोट)
तुल्सि राना रु, ५००० – स्याङ्गजा (लसर्घा)
सुस्मिता गुरुङ रु, ५००० – स्याङ्गजा (फेधिखोला )
दीपिशा श्रेष्ठ रु, ३०००- काठमान्डौ (वीरेन्द्र चोक)
दीपक पान्डे रु, ५०००- गुल्मी सत्यवती (राम बारी)
दिनेश बुढाथोकी रु, ३०००- झापा (दमक)
कविता खड्का रु, ५०००- भक्तपुर
माया थापा रु, २०००- बागलुङ
अशोक श्रेष्ठ रु, २०००, कास्की (पोखरा)
जलाल होसेन रु,१००० बङ्गलादेश
सुजन सुबेदी रु, २००० दोलखा
खगेन्द्र गुरुङ रु,१००० काठमाडौँ
प्रबिन अधिकारी रु,२००० नवलपरासी
जम्मा सङ्कलन रकम रु, १,००,०००

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्