Logo

आजका युट्युब ट्रेन्डिङ (भिडियो सहित)



Spread the love

१८ साउन, काठमाडाैँ – युट्युब अहिले सबैको मनोरञ्जनको साथि भएको छ । पहिले काम भए काममा व्यस्त हुने तर काम नभए कतै घुम्न जाने मानिसको बाक्लो संख्या थियो । अहिले घुम्न जाने कम तर घरमा समय बिताउने मानिसको संख्या बढ्दो छ । सबै काम सकिएपछि युट्युबमा समय बिताउने जमात पनि बाक्लै छ ।

युट्युबमा हरेक सेकेन्ड नयाँ विषयवस्तु आइरहेका हुन्छन् । ति सबै विषयवस्त मानिसले मन पराउँदैनन् । तर कुनै विषयवस्तुले एकै छिनमा बाक्लो लोकप्रियता बटुल्छन् । हामीले आज युट्युबमा लोकप्रिय ३ विषयवस्तुलाई यहाँ उतारेका छौँ ।

१ . कसरी कसरी २

टंक बुढाथोकिका छोरा एआर बुढाथोकिले मेलिना राईसँग गाएको “कसरी कसरी“ गीतको दोश्रो गित आज युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ । युट्युबमा अपलोड भएको एकै दिनमा यो गितले लगभग ६ लाख दर्शकको ध्यान तान्दै एक नम्बरमा स्थान पाएको छ ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः 

 

२. कलेज लाईफः रिच भर्सेस नर्मल

नेपालका प्राय सबै वस्तुमा भारतको राम्रै प्रभाव छ । आजको युट्युको दोश्रो ट्रन्डिङमा पनि भारतीय विषयवस्तुले नै स्थान पायो । भारतमा कलेज जिवनमा धनी र गरिब बिचको भिन्नतालाई यस भिडियोमा देखाइएको छ । जुलाई ३० तारिखमा अपलोड भएको यो भिडियोले ४ लाख ७६ हजार दर्शक कमाउँदै नेपाली ट्रेन्डिङको दोश्रो स्थानमा कब्जा जमायो ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः 

 

३. बजार

नेपाली बजारमा दक्षिण भारतीय फिल्मको पनि राम्रै बिकाउ हुन्छ । आजको युट्युब ट्रेन्डिङको तेश्रो स्थानमा  भारतीय फिल्म बजारले पकड जमायो । एक हप्ता अघि युट्युबमा आएको यो फिल्मले आजसम्म ३२ मिलियन अर्थात ३ करोड दर्शक पाइसकेको छ ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्