Logo

बाढीपीडितलाई राहत



Spread the love

१९ साउन, सिरहा – सिरहाको औरही गाउँपालिकाका बाढीपीडितलाई शनिबार प्रदेश नं २ सरकार र जिल्ला रेडक्रस सोसाइटीले राहत वितरण गरेकोे छ ।

गागन नदीको बाढीबाट पीडित औरही गाउँपालिका–१, ४ र ५ का ३५० परिवारलाई राहत वितरण गरिएको हो । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश सरकारको तर्फबाट प्रतिपरिवार २५ किलो चामल, चार किलो दाल, सुकुल, झुल, तेल, साबुनलगायत राहत सामग्री वितरण गरे । मन्त्री यादवले नदीमा तत्काल बाँध निर्माणका लागि प्रदेश सरकारले पहल थालेको बताए ।

यस्तै रेडक्रसले प्रतिपरिवार ३० किलो चामल, चार किलो दाल र एक–एक थान त्रिपाल वितरण गरेको रेडक्रस सोसाइटी सिरहाका सभापति राजदेव यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्