Logo

भारतीय बालयौन दुराचारी कारबाहीमा, ११ वर्ष कैद सजाय



Spread the love

२० साउन, ललितपुर – ललितपुर जिल्ला अदालतले बालयौन दुराचारमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकलाई ११ वर्ष कैद सजाय सुनाएको छ ।

न्यायाधीस चुरामन खड्काको एकल इजलासले बिहार सितामणी स्थायी घर भई हाल पीडितको घर छेउ डेरा गरी बस्ने किशोर दासविरुद्ध उक्त कसुरमा यस्तो सजाय सुनाएको हो ।

इजलासबाट उक्त कसुरमा कैद सजाय निर्धारणका साथै पीडितलाई २५ हजार क्षतिपूर्ति भराउने आदेश भएको अदालतका श्रेष्तेदार नगेन्द्र कुमार कालाखेतीले बताए ।

महालक्ष्मी नगरपालिका–९, लामाटारमा घटेको घटनाअनुसार गत साल (२०७५) चैत्र २२ गते साँढे १२ बजेतिर पीडक दासले पीडितको घरमा कोही नभएको बेला १७ वर्षीया बालकलाई ललाईफकाई यौन दुराचार गरेका थिए ।

सानैदेखि अपांगता भएका उनी बोल्न र लेखपढ गर्न समेत नसक्ने परिवारले बताएको छ । उनलाई पटकपटक गरी ५ पटकसम्म दुराचार गरेको दासले अदालतसामु स्विकारेका थिए । घर बनाउने मिस्त्री काम गर्दैआएका उनले पीडितको घरमा प्लाष्टर गर्ने काम गरेदेखि नै यस्तो दुराचार गर्दै आएको स्विकारेका थिए ।

यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्