Logo

निद्रामा झस्कने समस्याबाट ग्रसित हुनुहुन्छ भने अपनाउनुस् यी उपायहरु



Spread the love

 

निद्रामा झस्किने समस्या के कारणले हुन्छभन्ने कुनै वैज्ञानिक कारण अहिलेसम्म पत्ता लागेको छैन। तर , धेरैमा यो समस्या मनोसामाजिक तथा मानसिक तनावका कारण हुने गर्छ। यस्तो हुँदा निद्रा राम्रोसँग नपर्ने, पातलो निद्रा पर्ने, नराम्रो सपना देखिने हुन्छ।

प्रायः चिन्ताका कारणले निद्रा नलागेका, निन्द्राबाट बारम्बार झस्किएर सुत्न गाह्रो हुने गर्छ । यस्तो समस्या भएका व्यक्तिमा निद्राको बीचबीचमा बिउँझिने, डर लाग्ने, उठ्दा पसिनै–पसिना हुने र श्वास फेर्न गाह्रो हुन्छ। यो समस्याबाट पुरुषमाभन्दा महिलामा बढी ग्रसित छन् ।

कहिलेकाहीं पहिला कुनै ठूलो घटना भएको छ भने त्यसको झझल्को आएर पनि निद्रामा झस्किने समस्या आउन सक्छ।

बच्ने उपाय: 

-सुरुमा त के कारणले गर्दा यस्तो भएको हो भन्ने पत्ता लगाएर उपचार सुरु गर्नुपर्छ। उपचार गरिसकेपछि झस्कने समस्या पनि विस्तारै हट्दै जान्छ।

-सुत्ने तालिका बनाउने, एउटै समयमा सुत्ने र उठ्ने

-सुत्ने बेलामा कफी सेवन नगर्ने

-सुत्ने कोठालाई सुत्नको लागि मात्र प्रयोग गर्नुपर्छ। बेडमै पढ्ने र त्यहीं सुत्ने गर्नाले पनि निद्रामा समस्या आउँछ

-सुत्ने कोठाको लाइट, कलर धेरै चम्किलो हुँदा पनि निद्रामा समस्या आउँछ

-धेरै चिन्ता, तनाव नलिई शारीरिक रुपमा स्वास्थ रहन कोसिस गर्ने

-दिउँसो सुत्ने बानी छ भने हटाउने

-सकभर लामो समयसम्म निद्रा लाग्ने औषधि सेवन नगर्ने

प्रतिक्रिया दिनुहोस्