Logo

श्रीनगरमा सम्पन्न भयो सल्यान रुकुम यातायात प्रा.लि. सल्यानको व्यवसायिक भेला



Spread the love

२० साउन, काठमाडाैँ – सल्यान रुकुम यातायात प्रा.लि सल्यानको व्यवसायिक भेला आइतबार सल्यानको श्रीनगरमा सम्पन्न भएको छ । सल्यान रुकुम यातायात प्रा.लिका अध्यक्ष अरबिन्द कुमार राईको अध्यक्षतामा भएको व्यवसायिक भेला विभिन्न खाले निर्णयहरु गरेर समापन भएको हो ।

आइतबार कार्यक्रममा बोल्दै तत्कालीन सल्यान रुकुम यातायात व्यवसायी समितिका संस्थापक पुर्वअध्यक्ष एवं हालका संरक्षक लोकमान बुढाथोकीले सल्यान रुकुम यातायात प्रा.लिका सम्पूर्ण व्यवसायीहरु एक हुनुपर्नेमा जोड दिए ।

उनले तत्कालीन सल्यान रुकुम यातायात व्यवसायी समिति जिल्लाको लागि एउटा छुट्टै इतिहास बोकेको पहिलो यातायात संस्था भएकाले त्यसको इतिहासलाई कसैले पनि मेटाउन नहुने बताए । बागचौर नगरपालिकाका नगरप्रमुख समेत रहेका बुढाथोकीले सल्यान रुकुम यातायात प्रा.लिका व्यवसायीहरुको व्यवसायिक हकहितका लागि आफुहरु सँधै साथमा रहिरहने बताए ।

भेलाद्वारा  शिद्वकुमाख गाउँपालिका वडा नं.३ का मृतक व्यवसायी काली गिरीका परिवारलाई नगद रु १ लाख दिने, प्रा.लिको नियम अनुसार सम्पूर्ण व्यवसायीहरुलाई शेयर सदस्य बनाउने, हालसम्मको आर्थिक गतिविधिबारे प्रतिवेदन पारित गर्ने , सञ्चालक समितिको पहिलो बैठकको निर्णय अनुसार आवश्यक कर्मचारीहरुको पद पूर्ति गर्दै लैजाने, सरकारको मापदण्ड अनुसार २० बर्ष पुगेका गाडीहरुको लागत कट्टी गरेबापत व्यवसायीलाई २ लाख सहयोग दिने जस्ता निर्णय गरिएको सल्यान रुकुम यातायात प्रा.लिका अध्यक्ष अरबिन्द कुमार राईले बताए ।

सल्यान रुकुम यातायात प्रा.लिका सञ्चालक समितिका सदस्य रामबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको व्यवसायिक भेलामा प्रा.लिका व्यवसायीहरु तोकलाल शर्मा, प्रकाश भण्डारी, जब्बर अलि, धर्मराज घर्ती, दामोदर रेउले, दिपक खड्का, अनमेष केसि,भरत बिसि लगाएका दर्जनौं व्यवसायीहरुले प्रा.लिका विभिन्न पक्षबारे प्रश्न उठाएका थिए। व्यवसायीहरुको प्रश्नको जिज्ञासा मेटाउँदै सल्यान रुकुम यातायात प्रा.लिका प्रबन्धक डम्बरबहादुर कुँवरले प्रा.लिको हालसम्मको अवस्था र आगामी कार्य दिशाबारे प्रष्ट पारेका थिए ।

सल्यान रुकुम यातायात प्रा.लिको हालसम्मको आर्थिक प्रतिवेदन प्रा.लिका सञ्चालक समिति सदस्य रन्जित कुमार राईले व्यवसायी माझ प्रस्तुत गरेका थिए । उनले प्रा.लि. लाई आर्थिक अवस्थामा सबल बनाउनको लागि आँफुहरु निरन्तर  लागिरहेको बताए । व्यवसायीक भेला कार्यक्रमको सञ्चालन सल्यान रुकुम यातायात प्रा.लिका कार्यकारी प्रमुख तिर्थराज धितालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्