Logo

भारतको टि–ट्वान्टी सिरिजमा क्लिनस्वीप



Spread the love

२२ साउन, काठमाडौं । वेस्ट इन्डिजसँगको ३ खेलको टि२० सिरिज भारतले क्लिनस्वीप गरेको छ । मंगलबार राती तेस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै भारतले सिरिज ३-० ले हात पारेको हो ।

भारतले १ सय ४७ रनको विजयी लक्ष्य १९.१ ओभरमा ३ विकेटको नोक्सानीमा भेट्टाएको थियो । भारतको जितमा कप्तान विराट कोहली र ऋषभ पन्तले अर्धशतकीय पारी खेले । भारतका लागि कोहलीले ५९ र रिसबले अविजित ६५ रन बनाए । ओपनर केएल राहुल २०,शिखर धवन ३ रनमा आउट हुँदा मनिष पाण्डे २ रनमा अविजित रहे ।

वेस्ट इन्डिजका लागि ओशन थोमसले २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । काइरन पोलार्डले ४५ बलमा ६ छक्का र १ चौका सहित ५८ रन जोडे । त्यस्तै,रोभमन पावेल २० बलमा ३२ रनमा नट आउट रहे । ओपनर इभिस लुईस १०,सुनिल नारायण २ रन जोड्दा निकोलस पुरन १७ र कार्लोस वर्थवेट १० रनमा आउट भए ।

भारतका लागि दिपक चहरले ३ ओभरमा १ मेडन सहित ४ रन खर्चेर ३ विकेट हात पारे । नवदीप सैनी २ र राहुल चहरको नाममा १ विकेट रह्यो ।

यसअघि पहिलो खेलमा भारतले ४ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा २२ रनले विजयी भएको थियो । टि–ट्वान्टी सिरिज हात पारेको भारत भोलिबाट एकदिवसीय सिरिज खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्