Logo

पनिर खाने सबै भन्दा उत्तम समय कहिले ?



Spread the love

पनिर प्रायः सबै उमेरकाले मन पराएको हुन्छ । जो मानिस शुद्ध शाकाहारी छ, उसका लागि त पनिर झनै पहिलो रोजाइको परिकार मध्य पर्ने गर्छ ।

पनिर बनाउने क्रममा निस्कने फाटेको दूध तपाईं पिउन सक्नुहुन्छ । पनिरको पानी स्वास्थ्यका दृष्टिले उत्तम हुन्छ । शरीरलाई आवश्यक कार्बोहाइड्रेट, फ्याट र प्रोटिन यसबाट प्राप्त हुन्छ ।

तपाईं पनि पक्कै पनिर खानुहुन्छ । यद्यपि, तपाईंलाई थाहा नहुन सक्छ, पनिर खाने पनि खास समय हुन्छ भनेर ।

यो तपाईंलाई थाहा हुन आवश्यक छ । ताकि तपाईंले मन पराएर खाएको परिकारले नोक्सान नगरोस 

– पनिर व्यायाम गर्नुभन्दा ठीक अघि र पछि नखानुहोस् । यस्तो समयमा खाँदा यसले तपाईंलाई बेफाइदा गर्छ । यसममा पनि व्यायाम गर्नुभन्दा पछि त पनिर झनै नखानुहोस् ।

-राति सुत्नुभन्दा ठीक एक घन्टा अगाडी पनिर खान सक्नुहुन्छ । सुतेको वेला शरीरका मांसपेशीको लम्बाइ बढ्ने हुनाले शरीरलाई प्रोटिनको आवश्यकता पर्दछ ।

– सधैँ पनिर सन्तुलित मात्रामा खाने गर्नुहोस् । यसरी खाँदा तपाईं फिट हुनुहुन्छ । बढी खानुभयो भने तपाईंमा मोटोपन बढ्छ ।

प्रतिक्रिया दिनुहोस्