Logo

महिनावारीमा किन हुन्छ हेभी ब्लिडिङ ? छुटकारा पाउनको लागि अपनाउनुस् यी उपाय



Spread the love

प्राय: महिलाहरु महिनावारी हुँदा धेरै ब्लिडिङको समस्याबाट पिडित छन् । विशेषगरी किसोरीहरु यस्तो समस्या लुकाएर बस्दा ज्यादा समस्या भोग्नु पर्छ। यस्तो अवस्थामा महिनाबारी या त लामो समयसम्म चल्छ, या छोटो समयमै ज्यादा रगत बग्छ ।

महिनावारीमा सामान्यभन्दा बढी रगत बग्नु समस्या मात्र नभएर खतराको लक्षण हुन सक्छ । त्यसैले, यस्तो समस्या आइपर्दा तत्काल डाक्टरसँग सल्लाह लिनुपर्छ । बढी रगत बग्नुमा विभिन्न कुराले भूमिका खेलेका हुन्छन् । त्यसमा पहिलो वंशाणुगत हुन सक्छ ।

कतिपय अवस्थामा रगतमै खराबी भए पनि त्यसको असर महिनावारीमा देखिने गर्छ । हर्मोनको गडबढी पनि यसको कारण हुन सक्छ । कहिलेकाहीँ पाठेघरमा कुनै संक्रमण हुने संभावना महिनावारीका बेला बगिरहेको रगतले दर्शाउँछ । कम रगत भयो भनेर पिर मान्ने महिलाको संख्या पनि धेरै छ ।

यस्तो अवस्थामा चिन्ता लिइराख्नु पर्दैन । तर, सँधै ठीक मात्रामा हुन्थ्यो र एक्कासी रगत नै भएन भनेचाहिँ समस्या पहिल्याउनतर्फ लाग्नुपर्छ।

धेरै ब्लिडिङ हुनका कारण

-पिरियड्समा धेरै ब्लिडिङ हुनुको एउटा कारण पाठेघरको ट्युमर हुन सक्छ ।
-शरीरमा आइरनको कमीले पनि हेभी ब्लिडिङ हुन्छ ।
-सर्भाइकल पोलिपका कारण पनि महिनावारी हुँदा ज्यादा रगत बग्न सक्छ । यो सर्भाइकल क्यानलमा ट्युमरजस्तै मासु पलाउने अवस्था हो ।

रोकथामका उपाय

-धैरै दिनसम्म धेरै रगत बग्दा शरीरमा रगतको कमी हुन सक्छ । यस्तोमा दैनिक नियमितभन्दा ५–६ गिलास ज्यादा पानी पिउनुपर्छ ।
-भिटामिन सी प्रचुर मात्रामा पाइने खानेकुरा खानुपर्छ । भिटामिन सीले शरीरमा आइरनलाई सोस्न मद्दत गर्छ ।
-खानामा प्रशस्त मात्रामा आइरनयुक्त खाद्यवस्तु सामेल गर्नुपर्छ । यसले रक्तअल्पता हुनबाट बचाउँछ ।
-दिनको एक छाक खाना फलामको भाँडोमा पकाएर खानु उत्तम रहन्छ । यसले शरीरमा प्रशस्त आइरन प्रदान गर्छ ।

प्रतिक्रिया दिनुहोस्