Logo

यस्ता छन् बिहान उठ्ने बित्तिकै पानी पिउनुका फाइदा र बेफाइदाहरु



Spread the love

बिहान उठ्ने बित्तिकै नियमित खाली पेटमा एक गिलास पानी पिउनुभयो भने तपाईलाई निरोगी बनाउन ठूलो मदत मिल्नेछ ।
खाली पेटमा पानी पिउँदा हुने फाइदाहरु यस्ता छन् :

-बिहानै उठेर पानी पिउँदा शरीरभित्रका हानीकारक तत्व सफा हुनुका साथै रगत सफा हुन्छ । र छालामा समेत स्वस्थ भई चमक आउँछ ।

-बिहानै पानी पिउने गरे शरीरलाई आवश्यक पर्ने तन्तु र कोशिका निर्माण हुँदै जान्छ र शरीरका मांसपेशीलाई बलियो बनाउँछ ।

-यदि तपाई आफ्नो तौल घटाउन चाहनु हुन्छ भने बिहान पानी पिउन सुएउ गरिहाल्नुस् ।

-बिहानै उठेर पानी पिउनेहरुमा कब्जियतका समस्या हुँदैन । कब्जियत नभएपश्चात पेटमा अन्य रोग लाग्ने सम्भावना कम हुन्छ ।

-बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौला सफा भई अन्य रोगलाई समेत हटाउन मदत मिल्छ ।

बेफाइदाहरु :

-आवश्यक भन्दा धेरै पानी पिउने गर्नाले मिर्गौलामा दवाब पर्न सक्छ ।

-पानीको ओभरडोजले तपाईको शरीर भित्रको सेलहरु बिग्रिन सक्छ ।

-बिरामीहरुले आवश्यक भन्दा बढी पानी पिए त्यसले स्वास्थ्यलाई असर गर्छ ।

-आवश्यक भन्दा धेरै पानी पिउने गर्नाले पेट भित्रको पाचन रसले काम गर्न छोड्ने हुनाले थप समस्या उत्पन्न हुन सक्छ ।

-स्वास्थ्य विशेषज्ञहरुका अनुसार खाना खाने वित्तिकै चिसो पानी पिउनाले शरीरलाई हानी पुग्न सक्छ ।

-एकदमै गर्मी वा दौडधुपबाट आउने वित्तिकै तपाई पानी नखाएमा ज्यानैपनि जान सक्छ ।

-खाली पेटमा पनि पानी नखानुहोस् । यसले तपाईंमा सर्दी र जुका पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्