Logo

पहिलो खेल नेपालले कुवेतमा कुवेतसँगैै खेल्ने



Spread the love

२४ साउन, काठमाडौं ।  २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि एसिया क्षेत्रको छनोटको दोस्रो चरण अन्तर्गत नेपालले आफ्नो पहिलो खेल कुवेतमा खेल्ने भएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालले पहिलो खेल कुवेतमा कुवेतसँगैै खेल्ने पक्का भएको जानकारी गराएको हो ।

सेटेम्बर ५ मा कुवेतसँग नेपालले पहिलो खेल खेल्नेछ । उता कुवेतले उसको ‘होम गेम’ भने नेपालमा आएर खेल्ने एन्फाले बताएको छ । कुवेतले एन्फाको प्रस्ताव स्वीकारेपछि नेपालले चार वटा खेल घरेलु मैदानमै खेल्ने भएको छ ।

छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ जसमा अस्ट्रेलिया, चाईनिज ताइपेई, जोर्डन र कुवेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्