Logo

फाइनल प्रवेशका लागि सोमपाल सम्मिलित हक्सले ब्राम्प्टनको सामना गर्दै



Spread the love

२५ साउन, काठमाडौं । ग्लोबल टि२० अन्तर्गत दोस्रो क्वालिफायर खेलमा सोमपाल कामी सम्मिलित विनिपेग हक्सले ब्राम्प्टन वल्भ्ससंग प्रतिस्पर्धा गर्दैछ । ब्राम्प्टनमा आज राती खेल नेपाली समय अनुसार १ : ४५ पछि सुरु हुनेछ ।

पहिलो क्वालिफायरमा ब्राम्प्टन भान्कुभर नाइट्ससँग डकवर्थ लेविस पद्धतीको आधारमा ७७ रनले पराजित भएको थियो । आजको विजेताले आइतबार उपाधिको लागि भान्कुभर नाइट्सको सामना गर्नेछ ।

हक्सले ऐलिमिनेटर खेलमा सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेशनललाई २ रनले डक वर्थ लेविस पद्धतीको आधारले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।

हक्समा रहेका सोमपाल कामीको संभावना आजको खेलमा पनि न्युन रहेको छ । डेब्यू खेलमै एडमन्टन रोयल्ससँग खराब प्रर्दशन गरेपश्चात अन्य खेलमा हक्सले सोमपालमाथि विश्वास देखाएको छैन ।

प्रतिक्रिया दिनुहोस्