Logo

घरका लागि फर्निचर किन्दै हुनुहुन्छ भने यी कुरामा ख्याल गर्नुहोस्



Spread the love

कुनै पनि घरका लागि फर्निचर शोभा मात्र होइनन् दैनिक आवश्यकताका वस्तु पनि हुन् । त्यसैले फर्निचर खरिद गर्दा आकर्षक मात्रै हेरेर हुँदैन टिकाउ पनि हेर्नुपर्छ ।

फर्निचर किन्दा धेरै कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ । यी हुन् ती कुराहरु :

– बनावट हेर्नुस:
आल्मुनियमको हल्का फर्निचरको साटो काठको गह्रुंगो फर्निचर खरिद गर्नु उपयुक्त हुन्छ । काठको फर्निचर कैयौं वर्षसम्म उपयोग गर्न मिल्छ ।

-बजेट छुट्याउनुस
एउटै वस्तु खरिद गर्न अत्यधिक पैसा खर्च गर्नु उपयुक्त हुँदैन किनकी तपाईं त्यति नै पैसामा अरु पनि धेरै चिज खरिद गर्न सक्नुहुन्छ । यसका अलावा यदि तपाईंले केही वस्तुहरुमाथि अत्यधिक खर्च गर्नुभयो भने तपाईं अन्य फर्निचर किन्न सक्नुहुन्न जुन तपाईंका लागि अति आवश्यक थियो ।

-उचित डिजाइन

फर्निचरको डिजाइन छनोट गर्दा तपाईंले निकै सावधानी अपनाउनुपर्छ । यस्तो डिजाइन छनोट गर्नुस जुन सबैभन्दा पछिल्लो मोडलको होस ताकि भविष्यमा यो चाँडै पुरानो नलागोस ।

-थिम छान्नुहोस्
तपाईंले कुनै थिम छनोट गरेर त्यस अनुसार फर्निचरर्लाइ सजाउन सक्नुहुन्छ । तपाईं बेडरुमका लागि भिक्टोरियन थिम तथा लिभिङ रुमका लागि मोर्डन थिमको छनोट गर्न सक्नुहुन्छ ।

– साजसज्जा

 यदि तपाईं काठको फर्निचर छनोट गरिरहनु भएको छ भने फर्निचरको फिनिसिङलाई राम्ररी जाँच्नुस । यदि फिनिसिङ राम्रो छैन भने रंग बिग्रिने सम्भावना बढ्छ ।

-कोठाको आकार

तपाईंको बेडरुम आरामदायी हुनुपर्छ यसमा किङ साइजको बेड सकभर नराख्नुस । कोठाको आकारअनुसार फर्निचरको छनोट गर्नुस ।

– अपरम्परागत सामान

आफ्नो घरलाई फरक रुप दिनका लागि अपरम्परागत, युनिक र अनौठा चिजहरु खरिद गर्नुस । विभिन्न प्रकारका रंगहरु तथा आकारहरुको उपायोग गर्नुस ।

प्रतिक्रिया दिनुहोस्