Logo

कपाल खोलेर सुत्नु ठिक कि बाँधेर ?



Spread the love

झट्ट सुन्दा सामान्य लाग्छ । तर, कपालको सौन्दर्यसँग जोडिएको कुरा हो यो । हामी दिनभर त कपालको हेरचाह गर्छौं । स्याम्पु गर्छौ । तेल मसाज गर्छौं । धुलो-धूवाँबाट जोगाउन स्कार्फले ढाक्छौ । तर, राती नि ? हामीले राती सुत्ने क्रममा पनि यसको ख्याल राख्नुपर्छ । किनभने राती सुत्दा कपालको ख्याल गरिएन भने टुक्रिने वा रुखो हुने समस्या देखा पर्छ ।

धेरै जसो महिलाले राती सुत्दा कपाल खुला छाड्ने गर्छन् । राती सुत्ने क्रममा व्यक्तिको सुत्ने पोजिशन सँगै कपालको पोजिशन पनि बेलाबेलामा परिवर्तित हुने गर्छ । परिणामस्वरुप, कपाल लट्टा पर्ने, कपाल झर्ने तथा कपालमा क्षति पुग्ने गर्छ ।

कपाल खोलेर सुत्नु ठिक कि बाँधेर ?

रातमा कपाल बाधेर सुत्नु फाइदाजनक हुन्छ । किनकी कपाल खोलेर सुत्दा कपाल कमजोर हुने गर्छ ।

कपाल बाँधेर सुत्नुको फाइदाहरु

रुखोपना हट्छ

राती सुत्दा प्रयोग गरिने तकियाले कपालको नरमपना तथा प्राकृतिक तेल सोस्ने गर्छ, जसले गर्दा कपाल र्झने हुदाँ कपाल बाधेर सुत्नु नै उचित हुन्छ ।

कपाल सिल्की हुन्छ

कसैलाई सिल्की कपाल चाहिन्छ भने राती सुत्नु भन्दा पहिले कपालमा हेयर मास्क लगाएर सावर क्याप पहिरिनु पर्छ ।

कपाल टुक्रने डर हुँदैन

कपाल बाध्नाले कपालमा लट्टा पर्दैन , जसले गर्दा कपाल टुक्रने डर पनि हुँदैन ।

कपाल स्वस्थ हुन्छ

स्वस्थ कपाल चाहिन्छ भने भिजेको कपाललाई कहिल्यै पनि बाधेर सुत्नु हुँदैन ।

कपालमा कर्ली हुन्छ

कर्ली हेयरको सौख राख्ने व्यक्तिले कपाल जुरो बनाएर सुत्नु उपर्युक्त हुन्छ । जसले गर्दा विहानसम्ममा कपाली कर्ली भइसक्छ ।

प्रतिक्रिया दिनुहोस्