Logo

लुम्बिनी भ्रमण वर्ष कार्यक्रम : देवदहमा श्रावण पूर्णिमा उत्सव



Spread the love

३१ साउन, लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटक आगमन बढाउन विविध कार्यक्रम आयोजना गरिएका छन् । लुम्बिनीको राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश नं ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण २०७६ अन्तर्गत ती कार्यक्रम भएका हुन् ।

भ्रमण वर्षको कार्यक्रमअन्तर्गत बिहीबार गौतम बुद्धको मावली स्थल देवदह नगरपालिका–४, भवानीपुरमा श्रावण पूर्णिमा उत्सव आयोजना गरिएको छ । लुम्बिनीलाई केन्द्रमा राखेर हरेक महीनाको मासिक पूर्णिमा उत्सव बुद्धसँग सम्बन्धित स्थानहरुमा आयोजना गरिँदै आएको छ ।

सो कार्यक्रमको उद्घाटन प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले उद्घाटन गरे । उनले बुद्ध सर्किटलाई विस्तार गर्न प्रदेश सरकार लागिपरेको बताए ।

सोही अवसरमा प्रदेशसभा सदस्य तथा संसद्मा अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपानेले आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै योजना ल्याउनुपर्नेमा जोड दिए । प्रदेशसभा सदस्य डा कृष्ण न्यौपानेले देवदहमा रहेका पुरातात्विक क्षेत्रको उत्खनन गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्