Logo

चलचित्र ‘रोमियो एंड मुना’को तिज गीत सार्वजनिक



Spread the love

नेपाली नारीहरुको महानपर्व हरितालिका तीजलाई लक्षित गर्दै फिल्म ‘रोमियो एण्ड मुना’को ‘डानसमा म एक नम्बर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कोशिस क्षेत्रीको संगीत, दिनेश राउतको शब्द रहेको गीतमा संगीतकार क्षेत्री, मिना निरौला, झुमा निरौला र दीपा लामाको स्वर रहेको छ । गीतका कोरियोग्राफर गोविन्द राई हुन् ।

भेडेटारको नाम्चे गाउँमा छायाँकन गरिएको भिडियोमा बसुन्धरा भूषाल, सुस्मा कार्की, सृष्टि श्रेष्ठ र मेनुका प्रधान लगायत कलाकारहरु फिचरिङ छन्। नरेश कुमार केसीको निर्देशन रहेको फिल्म रोमियो एण्ड मुना मा विनय श्रेष्ठ र सुष्टि श्रेष्ठ शिर्ष भूमिकामा प्रस्तुत भएका छन्। पि एमजी पिक्चर्स र भि मोसन पिक्चर्स को संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा प्रशन्न गोपाली, कविन शाक्य र विनय श्रेष्ठको लगानी रहेको छ। फिल्ममा दिपाङ्कर सिक्दर र बाबु श्रेष्ठको छायाँकन रहेको छ। माघ २६ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मको प्राय: छायाँकन धरानमा गरिएको छ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/JCxpwcdhIB0

प्रतिक्रिया दिनुहोस्