Logo

फर्सीको मुन्टा सेवन गर्नुका अनेकौँ फाइदा जानिराखौँ



Spread the love

हुन त बजारमा वा तपाईँको करेसाबारीमा विभिन्न प्रजातीका सागहरु सजिलै पाउन सकिन्छ । तर, तपाईँले प्रयोग गर्ने सागहरुमध्ये एक हो फर्सीको मुन्टा वा भनौ फर्सीको पातको साग ।

उसो त फर्सी खानु पनि हाम्रो स्वास्थ्यको लागि निकै नै फलदायी हुन्छ हो । तर, फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट छुटकारा पाउन सक्छौँ ।

एक अध्ययनको अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ कि तपाईँलाई खतरनाक रोगबाट जोगाउन सहयोग गर्छ । फर्सीको पातलाई आफ्नो नियमित भोजनमा समावेश गरेर तपाईँ उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट छुटकारा पाउन सक्नु हुनेछ ।फर्सीको मुन्टा खानुको फाइदाहरु :

बढ्दो उमेरलाई छेक्न

फर्सीको पातमा पाइने एन्टी–अक्सीडेन्टले तपाईँको बढ्दै गरेको उमेर*लाई छेक्दै जवान देखाउनमा सहयोगी हुन्छ ।
कोलेस्ट्रोललाई नियन्त्रण गर्न

अहिलेको समयमा उच्च कोलेस्ट्रोलको समस्याले प्रायः जसो सबै पीडित छन् । तर, कोलेस्ट्रोलको समस्याबाट राहत पाउनका लागि फर्सीको पात भने निकै नै उपयोगी हुन्छ ।

आँखा स्वास्थ्यको लागि लाभकारी

फर्सीको पातमा भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ । जुन हाम्रो आँखाको लागि राम्रो हो ।

प्रजनन क्षमतामा वृद्धि

तपाईँको विहे भइसकेको छ तर, अहिले सम्म आमा वा बुबा बन्ने सौभाग्य पाउनु भएको छैन भने फर्सीको पातको साग खानु निक्कै फाइदाजनक हुन्छ ।

छालाको लागि फाइदाजनक

फर्सीको पातमा पर्याप्त मात्रामा भिटामीन सी पाइन्छ । जुन तपाईँको छालाको लागि फाइदाजनक हुन्छ।

मधुमेहलाई गर्छ नियन्त्रण
मधुमेह रोगबाट राहत पाउनका लागि फर्सीको पातको साग खानु फाइदाजनक हुन्छ ।

क्यान्सरबाट जोगाउन
फर्सीको पातमा पाइने फाइबरले तपाईँको शरीरमा भएको क्यान्सर कोषीकाहरुलाई रोक्नमा मद्दत पुर्याउँछ ।

पाचन प्रणालीलाई स्वस्थ राख्छ

फर्सीको पातमा पाइने पोटासियमले तपाईँको पाचन प्रणालीलाई स्वस्थ राख्नमा मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्