Logo

बुद्धको अनमोल वचन, जसले हाम्रो सोच्ने शैली बदल्छ !



Spread the love

बुद्ध राजा शुद्धोधन र मायादेवीको कोखबाट ईसा पूर्व ५६३ पहिले कपिलवस्तुमा जन्मिएका थिए । बुद्धको केही अनमोल वचन, जसले तपाईंको सोच बदल्न सक्छ ।

– आज हामी जे छौ, त्यो आजसम्म हामीले के सोच्यौ त्यसैको परिणाम हो । यदि कुनै व्यक्ति खराब सोचले बोल्छ वा काम गर्छ भने उसलाई कष्ट मिल्छ । यदि कुनै व्यक्ति शुद्ध विचारका साथ बोल्छ वा काम गर्छ भने उसलाई खुसीले कहिल्यै छाड्दैन ।

– अतितमा ध्यान नदेउ, भविष्यको बारेमा नसोच । आफ्नो मनलाई वर्तमानको क्षणमा केन्द्रित गर ।

– स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो । सन्तोष सबैभन्दा ठूलो धन हो । वफादारी सबैभन्दा ठूलो सम्बन्ध हो ।

– कुनैपनि विवादमा हामी जसरी क्रोधित हुन्छौ, तब हामीले सत्यको बाटो बिराउँछौ ।

– तपाईंसँग जे छ, त्यसलाई बढाई-चढाई नबताउनुहोस् ।

– घृणा घृणाबाट होइन, प्रेमबाट नष्ट हुन्छ । यो शाश्वत सत्य हो ।

– म कहिल्यै हेर्दिन कि के गरे ? म जहिले पनि हेर्छु कि के गर्न बाँकी छ ?

– विना स्वास्थ्य जीवन, जीवन होइन । बस्, एक पीडाको स्थिती हो । मृत्युको छायाँ हो ।

– हरेक कुरामा सन्देह गर । स्वयम् आफ्नो प्रकाश खोज ।

– सत्यको मार्गमा हिँड्का व्यक्तिले दुई गल्ती गर्न सक्छन्, एक पुरा बाटो तय नगर्नु । अर्को यसको सुरुवात नै नगर्नु ।

– वास्तवमा तपाईं आफैलाई प्रेम गर्नुहुन्छ भने तपाईंले अरु कसैलाई ठेस पुर्‍याउनुहुन्न ।

– शान्ति भित्रबाट आउँछ, बाहिर नखोज ।

– हामीलाई हामी बाहेक अरु कसैले बचाउन सक्दैनन् ।

– माथि उठ्नुहोस् र आभारी रहनुहोस्, किनभने यदि हामीले धेरै नभएपनि केही त सिक्यौ ।

प्रतिक्रिया दिनुहोस्