Logo

कसैले तपाईलाई गाली गरे तपाईंले प्रेम गर्नुहोस्



Spread the love

सत्य साई (सन् १९२६-२०११ ) एक बिबादास्पद तर धेरै अनुयायीहरू भएका धर्मगुरु हुन। यी धर्मगुरु बास्तबिक नाम सत्यनारायण राजु, आफूलाई शिरडि साइको अबतार मान्छन्।

पुट्टपर्तिको मजदुरी गरेर घर चलाउने एउटा गरीब परिवारमा सन् १९२६ नोभेम्बर २३मा उनका जन्म भएको थियो। सत्यनारायणा एक दई र दुई बहिनी पछि सबैभन्दा कान्छा थिए। विद्यालयका कालमै उनका परिर्वतन भएर १४ वर्षमा उनले शिर्डी साई बाबाका नयाँ अवतार भएको भनि सनसनी मच्याएका थिए।

भगवान् श्री सत्य साईबाबा भन्नुहुन्छ,”प्रेम स्वरुपहरु ! तिमीले ईश्वरको कृपा प्राप्त गर्न र नाम जप्न कुनै बिशेष समय तोकिरहनु पर्दैन,जब तिम्रो मन प्रफुल्लित हुँदछ तथा जहाँ जे जस्तो पायक समय वा स्थान प्राप्त हुँदछ त्यसैबेला भगवान्नाम जप्न शुरु गर।”

सत्य साईबाबाका भक्तहरु धेरै छन् । उनले केही महत्वपूर्ण भनाइ जसले तपाईंको लागि पनि उपयोगी बन्न सक्छ:

– तपाईंलाई कसैले गाली गर्छ भने उसलाई पनि प्रेम गर्न नछोड्नु ।

– प्रेमको अर्को रूप भनेको सेवा हो ।

– किराले अन्नलाई जसरी नष्ट गर्छ, कपटले त्यसैगरी मानिसलाई नष्ट गर्दछ ।

– बोलीको प्रहारबाट हुने घाउ वाणको घाउ भन्दा चर्को हुन्छ ।

– तपाईं मानवको सेवा गर्नुस् त्यो नै भगवानको सेवा हो ।

– भगवान खोज्न अन्त नजानुस् तपाईं आफैभित्र भगवान पाउनुहुन्छ ।

– आफूमात्र जान्ने नबन्नुस् अरुको विचार र दृष्टिकोणलाई पनि आदर गर्नुहोस् ।

– तपाईं अरुबाट कहिल्यै पनि प्रतिष्ठा र आदर पाउने इच्छा नराख्नु ।

– केही बोलनु र गर्नुपूर्व एकछिन सोच्नुस्, त्यसो गरेमा गल्ती हुँदैन

प्रतिक्रिया दिनुहोस्