Logo

प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड र वुल्भर ह्याम्प्टन आमने सामने हुने



Spread the love

२ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज राति एउटामात्रै खेल हुँदैछ । जसमा म्यानचेस्टर युनाइटेडले वुल्भर ह्याम्प्टनको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति पौने १ बाट सुरु हुनेछ ।

युनाइटेड लगातार दोस्रो जितका खोजिमा रहँदा वुल्भ्स पनि पहिलो जितको खोजिमा रहनेछ । पहिलो खेलमा बराबरी खेल्दै वुलभ्सले एक अंक हात पारेको थियो । म्यानचेस्टरका प्रशिक्षक ओले गुनर सोल्कजाएरले याे खेलमा एलेक्स सान्चेजले खेल्ने सम्भावना धेरै रहेको बताएका छन् ।

सिजनको सुरुवात चेल्सीमाथि ४–० को जित हात पार्दै प्रतियोगिता सुरु गरेको म्यानचेस्टर र वुलभ्सले लेस्टरसिटीसँग गोल रहित बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्