Logo

एलजी सिने सर्कल अवार्ड सम्पन्न: विपिन र वर्षा उत्कृष्ट



Spread the love

पर्दा अगाडी र पछाडी दुवै ठाउँमा रहेर काम गर्ने व्यक्तिलाई सम्मान गर्ने उदेश्यले गएको अघिल्लो वर्षबाट सुरु भएको एलजी सिने सर्कल फिल्म अवार्डको दोश्रो सस्करण सम्पन्न भएको छ। सोमबार राजधानीमा एक भब्य समारोहका बीच अवार्ड वितरण गरिएको हो। धेरै विधामा प्रदीप खड्का निर्देशित चलचित्र जात्राले अवार्ड हात पारेको छ । नेपाली सेनाको साङ्गीतिक समूहको प्रस्तुतिबाट सुरु भएको अवार्ड कार्यक्रममा चलचित्र माइतीघरका अभिनेता सिपि लोहनी तथा अभिनेत्री माला सिन्हालाई विशेष सम्मान गरिएको थियो ।

माइतीघरले नेपाली चलचित्र क्षेत्रको इतिहास बोकेको र यसले नेपाली सिनेमालाई उचाईमा पुर्याएको भन्दै चलचित्रको टिमलाई नै सम्मान गरिएको थियो ।पुराना दिन सम्झदै र आफूलाई ठूलो सम्मान मिलेको भन्दै कुनै समयकी भारतीय चलचित्र उद्योगकी चर्चित कलाकार माला सिन्हा भावुक भएकी थिइन् ।

धेरै जसो विधामा मनोनयनमा परेको जात्राले उत्कृष्ट चलचित्र, उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सिनेमाटोग्राफरसहितका अवार्ड हात पार्‍यो । जात्राका निर्देशक प्रदीप भट्टराई उत्कृष्ट निर्देशक, बिपिन कार्की उत्कृष्ट नायक, वर्षा राउत उत्कृष्ट नायिका घोषित भए ।

त्यस्तै नेपाली चलचित्रको क्षेत्रमा द्वन्द्व निर्देशक भएर योगदान पुर्‍याएबापत वरिष्ठ द्वन्द्व निर्देशक एनबी महर्जनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली चलचित्र क्षेत्रले समाज रुपान्तरणका लागि विशेष भूमिका खेलिरहेको बताउनुभयो ।

एलजी सिने सर्कल अवार्डका अन्य विजेता

  • १. उत्कृष्ट पोष्टर- सुन्दर श्रेष्ठ ‘ छक्का पन्जा’
    २.उत्कृष्ट ट्रेलर- सुरेन्द्र पौडेल ‘लुट २’
    ३. उत्कृष्ट स्टन्ट- राजु तामाङ ‘जय परशुराम’
    ४. बर्षको पपुलर गीत- ठमेल बजार ‘ लुट २’
    ५. बर्षको सर्वाधिक व्यापार गर्ने चलचित्र निर्देशक- दिपाश्री निरौला
    ६. उत्कृष्ट कमेन्डेबल मुभि अफ द इयरः विजुली मान्छे(नविन अवाल)
    ७. उत्कृष्ट भीएफएक्स- सत्यम राना/सुदिप आचार्य ‘ जय परशुराम’
    ८. उत्कृष्ट कोरियोग्राफर- कविराज गहतराज ‘पुर्व पश्चिम रेल’ (छक्का पन्जा)
    ९.उत्कृष्ट एक्सन संयोजक- हिमाल केसी(के म तिम्रो होइन र)
    १० .उत्कृष्ट संगीतकार- कालिप्रसाद बाँस्कोटा (निर जहिले रिसाउने, पुरानो डुंगा)
    ११.उत्कृष्ट पार्श्व गायक- युवराज चौलागाई ‘तिमि साथ हुदा नि'(पलाँस)
    १२.उत्कृष्ट पार्श्व गायिका- मिना निरौला ‘ठमेल वजार (लुट २)
    १३.उत्कृष्ट ध्वनी मिश्रण- शैलेश श्रेष्ठ ‘ गाजलु’
    १४. उत्कृष्ट सम्पादन- अर्जुन जिसी ‘विरविक्रम
    १५.उत्कृष्ट जोडी- माओत्से गुरुङ र मेनुका प्रधान(पुरानो डुंगा)
    १६. पपुलर अभिनेत्री- प्रियंका कार्की(छक्का पन्जा)
    १७. पपुलर अभिनेता-दीपकराज गिरी(छक्का पन्जा)
    १८.उत्कृष्ट पटकथा- प्रदिप भट्टराई ‘जात्रा’
    १९.उत्कृष्ट अभिनेता- विपिन कार्की ‘जात्रा’
    २०.उत्कृष्ट अभिनेत्री- बर्षा राउत ‘जात्रा’
    २१.उत्कृष्ट निर्देशक- प्रदिप भट्टराई ‘जात्रा’
    २२.उत्कृष्ट चलचित्र – जात्रा

प्रतिक्रिया दिनुहोस्