Logo

एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा बंगलादेशको लगातार हार



Spread the love

४ भदौ काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा बंगलादेशले लगातार दुई हार भोगेको छ। मंगलबार अफगानिस्तानले त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको खेलमा बंगलादेशलाई ३–२ को सेटमा पराजित गरेको हो ।

अफगानिस्तानले बंगलादेशलाई २५–२१, १९–२५, १८–२५,२५–२३, १५–१२ को सेटमा पराजित गर्यो । जितसँगै समूह ‘बी’ मा रहेको अफगानिस्तानले दुई खेलबाट दुई अंक जोडेको छ ।

अफगानिस्तानले सेमिफाइनलको सम्भावना पनि कायम राखेको छ । हारसँगै बंगलादेशको भने सेमिफाइनल यात्रा कठिन बन्दै गएको छ ।

यसैगरी आजै भएको अर्को खेलमा उज्वेकिस्तानले तुर्कमिनिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्यो । उज्वेकिस्तानले २५–२१, २५–१८, २५–१५ को सेटमा पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्