Logo

यू १९ एसिया कप क्रिकेटको खेल तालिका सार्बजनिक



Spread the love

४ भदौ काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलंकासँग पहिलो खेल खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह बी मा परेको हो ।

भदौ १९ देखि २८ गते सम्म चल्ने प्रतियोगितामा २० गते नेपाली क्रिकेट टोलीले आयोजक श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । अघिल्लो संस्करणमा सेमिफाइनल सम्म पुगेको नेपालले यसपटक समूह चरणमा श्रीलंकासहित टेस्ट मान्यता दुई राष्ट्रसंग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल, श्रीलंका, बंगलादेश र यूएई एउटा समूहमा छन् । अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्