Logo

सातौं पटक पुस्कास अवार्डको मनोनयनमा मेस्सी



Spread the love

४ भदौ काठमाडौं । पछिल्लो सिजन बार्सिलोनाका लियोन मेस्सीको लागि उत्कृष्ट नै रह्यो । ला लिगा टोलीलाई जिताउनेमा उनको भूमिका अरु बर्ष जस्तै अहम रह्यो ।

आफ्नो खेल जीवनमा उनले व्यक्तिगत उपाधि पनि थ्रुपै हात पारिसकेका छन् । युरोपका अन्य व्यक्तिगत उपाधि प्राय : सबै जितेपनि उनले हालसम्म पुस्कास अवार्ड भने हात पार्न सकेका छैनन् ।

सोमबार गरिएको पुस्कास अवार्डको मनोनयमा मेस्सी पनि परेका छन् । यो अवार्डका लागि मेस्सी सातौं पटक मनोनयमा परेका हुन् ।

यो अवार्डका लागि मेस्सीपश्चात नेयमार ५ पटक, ज्लाटान इब्राहिमोभिच ४ पटक तथा क्रिस्टियानो रोनाल्डो २ पटक मनोनयनमा परेका छन् । अहिलेसम्म पुस्कास अवार्ड रोनाल्डो, नेयमार, हामेस रोड्रिग्वेज, ओलिभर जिर्रोड र इब्राहिमोभिचले जितेका छन् ।

सेप्टेम्बर २३ मा मिलानमा हुने द बेस्ट अवार्डकै दौरान पुस्कास अवार्डको विजेता घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्