Logo

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान



Spread the love

५ भदौ, काठमाडौं । बिहीबार पुन: प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थलबाट उनी दिउँसो साढे १ बजे सिंगापुरतर्फ गएका हुन् ।

ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि सिंगापुर गएकी छन् । स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर गएका प्रधामन्त्री ओली १० दिनमा स्वदेश फर्किएका थिए। यसपटक पनि सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उनको स्वास्थ्य जाँचको फलोअप हुनेछ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीको सिंगापुर बसाइको अवधि तय नभएको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्