Logo

नेपाल प्रहरीमा नयाँ भर्ना खुल्यो , ३८ सय कर्मचारीको माग



Spread the love

६ भदौ, काठमाडौं । नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा ३ हजार ८ सय ३१ जनाको लागि नयाँ भर्ना दरखास्त आह्वान गरिएको छ । शुक्रबार नयाँ भर्नामध्ये प्रहरी जवानमा ३ हजार ५ सय ९६ जना र प्रहरी कार्यालय सहयोगी तथा खेलाडीतर्फ २ सय ३५ जनाका लागि दरखास्त आह्वान गरिएको हो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर लगायत ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरुबाट दरखास्त फारम पाइने र बुझाउन सकिने छ ।

भदौ ९ गतेबाट असोज १३ गतेसम्म सम्बन्धित कार्यालयहरुमा दरखास्त फारम लिन तथा बुझाउन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्