Logo

आज राति नेपाली राष्ट्रिय फुटबल टोली मलेसिया प्रस्थान गर्ने



Spread the love

६ भदौ, काठमाडौं । आज नेपाली राष्ट्रिय फुटबल टोली मलेसिया जाँदैछ । नेपाली टोली मलेसियन क्लब जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण खेल खेल्न मलेसिया जाने भएको हो ।

नेपाली टोली शुक्रबार राति १० बजे मलेसिया प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

सोमबार नेपालले जोहारसँग उसैको घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । यसअघि नै एन्फाले जोहारसँग खेल्ने २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्