Logo

एकदिवसीय वरीयतामा नेपाल एक स्थान तल झर्‍यो



Spread the love

६ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को एकदिवसीय वरीयतामा एक स्थान तल खस्किएको छ । आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६ औँ स्थानमा झरेको हो ।

यसअघिको वरीयतामा नेपाल १५ औं स्थानमा रहेको थियो । टि–ट्वान्टी वरीयतामा भने नेपाल ११ औँ स्थानमा यथावत् रहेको छ ।

आईसीसीको वरीयतामा इङ्ल्यान्ड शीर्ष स्थानमा यथावत् रहँदा भारत दोस्रो स्थान र न्युजिल्यान्ड तेस्रो स्थानमा रहेको छ । टि–ट्वान्टी वरीयताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्