Logo

यू–१८ च्याम्पियनसिप हेर्न २ सय रुपैयाँ टिकट



Spread the love

६ भदौ, काठमाडौं । नेपालमा नै आयोजना हुने साफ यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिता हेर्नका लागि २ सय रुपैयाँ टिकट दर तोकिएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघले प्रेस विज्ञप्ति जारी गर्दै टिकट दर २०० रुपैयाँ तोकेको हो ।

यही असोज ३ देखि १२ गतेसम्म हलचोकस्थित एपीएफको खेल मैदानमा खेल हुनेछ । प्रतियोगितामा आयोजक नेपाल, भारत, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाको सहभागिता रहनेछ ।

असोज ३ गते माल्दिभ्ससँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्