Logo

भन्टा जति खादा स्वादिलो त्यो भन्दा बढी हाम्रो स्वास्थ्यको लागि लाभदायक



Spread the love

भन्टा हेर्दा आकर्षक देखिने गर्छ । गर्मीको समयमा पाइने तराकारीहरु मध्ये यो पनि एक हो । यो खानको लागी पनि निकै स्वादिलो हुन्छ । यसलाई हामी तरकारीको रूपमा वा कहिलेकाहीँ अचारको रूपमा पनि खाने गर्छौँ । भन्टा जति स्वादिलो छ त्यति नै भरपुर मात्रामा पौष्टिक तत्वहरु पाइने हुनाले हाम्रो स्वास्थ्यको लागी लाभदायक छ । यसले हामीलाई स्वास्थ्य राख्न निकै मद्दत गर्छ ।

यस्ता छन् भन्टा खानुका फाइदाहरू:

मधुमेह नियन्त्रणमा राख्छ

भन्टा फाइबरको महत्त्वपूर्ण स्रोत भएकाले ब्लड सुगरलाई नियमित राख्न र ग्लुकोजलाई नियन्त्रण राख्न मद्दत गर्छ ।

मुटु रोग लाग्नबाट बचाउँछ

भन्टाको नियमित सेवनले कोलेस्ट्रोलको तहलाई घटाउन सहयोग गर्छ । यसका साथै रक्तचापलाई स्थिर गर्न मद्दत गर्ने भएकाले मुटुको रोग लाग्ने सम्भावना कम गर्छ ।

दिमागलाई स्वस्थ राख्छ

भन्टामा पाइने फाइटोन्युट्रियन्टका कारण दिमागको सेल मेम्ब्रेनलाई हुने सम्भावित क्षतिबाट बचाउछ र सन्देशलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउन सहयोग गर्छ ।

आइरनको उत्पादनमा सहयोग गर्छ

हाम्रो दैनिक जीवनलाई सहज पार्न शरीरमा आइरनको तत्त्व पनि आवश्यक हुन्छ । भन्टामा पाइने तत्त्वले शरीरबाट अनावश्यक आइरन हटाउन मद्दत गर्छ । यसले हृदयघातको खतरा पनि घटाउँछ ।

तौल नियन्त्रण गर्न पनि मद्दत गर्छ

यसमा पानीको तत्त्व बढी हुनाले यसबाट क्यालोरी पनि कम प्राप्त हुन्छ । यही कारण यो सबैभन्दा उत्कृष्ट खाद्यपदार्थ भएको छ ।

पाचन प्रक्रियामा सहयोग गर्छ

यसमा पाइने फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्छ । यसबाट कब्जियत रोकथाम हुनुका साथै कोलोन क्यान्सरको सम्भावनालाई दूर गर्छ ।

दीर्घरोगबाट बचाउँछ

भन्टाको नियमित सेवनले मुटुको रोग हुने सम्भावनालाई कम गर्छ ।

छालाका लागि उपयोगी

भन्टा मिनरल्स, भिटामिन र डराइटरी फाइबरको उच्च स्रोत हो । यसमा पानीको मात्रा पनि धेरै हुन्छ । त्यसैले यसले छाला सुख्खा हुन दिँदैन र चम्किलो बनाउँछ । यसका साथै यसले छालाको क्यान्सर पनि रोकथाम गर्छ ।

कपालका लागि उपयोगी

भन्टामा पाइने पानीले कपालको जरालाई पोषण दिन्छ र कपाल पनि बढाउँछ ।

प्रतिक्रिया दिनुहोस्