Logo

साफ यू-१५ च्याम्पियनसिप : नेपालको पहिलो जित



Spread the love

७ भदौ, काठमाडौं । साफ यू १५ फुटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ । शुक्रबार नेपालले भारतको कल्याणीमा भएको आफ्नो दोस्रो खेलमा श्रीलंकालाई २–० ले पराजित गरेको हो ।

नेपाललाई जित दिलाउन क्रममा शशांक बोहोरा र अशिम राईले गोल गरेका थिए । शशांकले दोस्रो हाफको पहिलो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । अशिमले खेल सकिन ७ मिनेट अघि गोल गर्दै टोलीको जितलाई पक्का गरेका थिए ।

अर्को खेल नेपालले भदौ १० गते साविक विजेता बंगलादेशको समान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्