Logo

जर्मन बुन्डेस लिगामा डर्टमन्डको लगातार दोस्रो जित



Spread the love

७ भदौ, काठमाडौं । जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्डले लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा डर्टमन्डले एफसी कोलनलाई ३–१ गोलले पराजित गरेको हो ।

कोलनको घरेलु मैदानमा भएको खेलमा डर्टमन्ड एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै सहज जित हात पारेको हो । डर्टमन्डको जितमा जाडोन सान्चो, आचरफ हाकिमी र पाको अल्कासरले गोल गरे भने कोलनका लागि डोमिनिक ड्रेक्सलरले एक गोल गरे ।

इलियसको पासमा नवौं मिनेटमा डोमिनिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । सुरुवातमा पछि परेको डर्टमन्डले ७०औं मिनेटमा थोर्गान हजार्डको पासमा जाडोन सान्चोले बराबरी गोल फर्काए ।

८६औं मिनेटमा आचरफ हाकिमीले गोल गर्दै डर्टमन्डको अग्रतालाई दोब्बर पारे । त्यसपछि दोस्रो हाफमो इन्जुरी समयमा सान्चोको पासमा अल्कासेरले गोल गर्दै डर्टमन्डको जित पक्का गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्