Logo

स्पेनिस फरवार्ड फर्नान्डो टोरेसले खेल जीवनबाट लिए सन्न्यास



Spread the love

७ भदौ, काठमाडौं । स्पेनका फरवार्ड फर्नान्डो टोरेसले खेल जीवनबाट सन्न्यास लिएका छन् । ३५ वर्षको उमेरमा जापानको सागन टोसु फुटबल क्लबमा रहेका टोरेसले अन्तिम खेल खेल्दै आफ्नो खेलाडी करिअरलाई अन्त्य गरेका हुन् ।

एटलेटिको म्याड्रिडबाट व्यावसायिक करिअर सुरुवात गरेका उनले लिभरपुलबाट खेल्दै उच्च खेल पस्कदै कीर्तिमानी ट्रान्सफरमा चेल्सी पुगेका थिए । जहाँ उनले सोचेअनुरुप प्रदर्शन भने गर्न सकेनन् ।

लोनमा चेल्सीबाट एसी मिलान पुगेका उनले केहि समय खेले । खेल जीवनको अन्त्यतिर भने एटलेटिको म्याड्रिडनै फर्किएका टोरेसले जापानी क्लबबाट खेल्दै बिदा लिएका हुन् ।

टोरेसले स्पेनलाई सन् २०१० को विश्वकप र सन् २००८ र २०१२ को युरो जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्