Logo

भारतीय पूर्वमन्त्री एवम् भाजपाका वरिष्ठ नेता अरुण जेट्लीको निधन



Spread the love

७ भदौ, काठमाडौं । भारतका पूर्ववित्त मन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेट्लीको निधन भएको छ। ६६ वर्षीय जेट्लीको शनिबार दिउँसो एम्स हस्पिटलमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। । उनलाई श्वासप्रश्वासमा कठिनाइ भएपश्चात १५ दिनअघि दिल्लीस्थित एम्स अस्पताल भर्ना गरिएको थियो ।

सफ्ट टिस्यु क्यान्सरसँग लडिरहेका जेटलीको एक वर्षअघि एम्समै मिर्गौला प्रत्यारोपण पनि गरिएको थियो। उनी यससम्बन्धी रोगको उपचारको लागि गत जनवरी १३ मा न्युयोर्क गएका थिए भने फेब्रुअरीमा फर्किएका थिए ।

दुबईमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जेट्लीकी श्रीमती र छोरासँग फोनमार्फत् जेट्लीको निधनमा दु:ख तथा समवेदना प्रकट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्