Logo

दैनिक भुटेको चना खानुहोस् तौल कम र मोटोपनाबाट छुटकारा पाउनुहोस्



Spread the love

चना नेपाली खानपिनको एक महत्वपूर्ण हिस्सा हो । यसमा कार्बोहाइड्रेट, फाइबर, क्लाल्सियम, आइरन र भिटामिनको राम्रो स्रोत हुन्छ । चनाको बोक्रा (भित्रि बोक्रा) सहित खानु राम्रो हो भने बोक्रा हटाएर खाँदा स्वास्थ्यको दृष्टिले झनै राम्रो हो ।
यस्ता छन् भुटेका चना खानुका फाइदा:

-दैनिक भुटेको चना खानुहोस तौल कम र मोटोपनाबाट छुटकारा पाउनुहोस्।

-जसलाई पटक पटक पिसाब लाग्ने समस्या छ उनीहरुले दैनिक भुटेको चना सेवन गर्नुपर्छ ।

-भुटेको चनाले रगतमा ग्लूकोजको मात्रालाई नियन्त्रित गर्नुका साथै मधुमेहको खतरालाई कम गर्दछ ।

-भुटेको चना खाँदा शरीरको प्रतिरक्षा बढाउँछ ।

-जसलाई दमको रोग र श्वास सम्बन्धि समस्या छ, उनीहरुले भुटेको चना खाँदा आराम मिल्छ ।

-भुटेको चना खाँदा रगत सफा हुन्छ जसले छालालाई चम्किलो बनाउँछ ।

-भुटेको चनालाई लामो समयसम्म दैनिक खाँदा छालाको संक्रमण र छाला रोग ठिक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्