Logo

कुन ड्राई फ्रुट्स खाँदा कस्तो फाइदा पुग्छ हामो स्वास्थ्यलाई ?



Spread the love

हाम्रो स्वास्थ्यको लागी ड्राई फ्रुट्सनिकै लाभकारी मानिन्छ । ड्राई फ्रुट्समा बदाम , काजु , किसमिस , ओखर जस्ता खानेकुराहरु पर्ने गर्छन् । मानिसहरु अन्य खानेकुराको तुलनामा ड्राई फ्रुट्सको प्रयोग अलिक कमै गर्छन् । ड्राई फ्रुट्सको सेवन गर्न्नुभन्दा अग्दाई कुन ड्राई फ्रुट्स खाँदा कस्तो फाइदा पुग्छ भन्ने कुरा पनि जानु आवश्यकरहेको छ :

– काजु : काजुलाई ड्राइ फ्रुट्सको राजा मानिन्छ । काजुमा कार्बोहाइड्रेट, प्रोटिनका साथै पर्याप्त मात्रामा भिटामिन के तथा भिटामिन बी ६ पाइन्छ । यसबाट क्याल्सियम, आइरन, फोलेट तथा जिंक पनि पर्याप्त पाइन्छ ।

– पेस्ता : पेस्ता स्वास्थ्यका लागि अति उत्तम खाद्यवस्तु मानिन्छ । यसमा प्रोटिनका साथै म्याग्नेसियम, कपर, फोस्फोरस, भिटामिन बी तथा अत्यधिक फाइबर हुन्छ । यसको सेवनले कोलेस्ट्रोल तथा हार्ट अट्याकबाट जोगाउँछ ।

– बदाम : दाममा दूधमा पाइने बराबरकै प्रोटिन पाइन्छ । बदामले पाचन शक्ति बढाउन समेत मद्दत गर्छ ।

– ओखर : ओखरमा प्रशस्त मात्रामा प्रोटिन, जिंक, भिटामिन ई, भिटामिन ए, फोलेट तथा फोस्फोरस हुन्छ । यसले रगतको कोलेस्ट्रोल कम गरेर मुटुरोग हुनबाट जोगाउँछ ।

– किसमिस : यसको नियमित सेवनले वायु, पित्त तथा कफसम्बन्धी तीनै दोषको निवारण गर्छ । यो मुटुका लागि पनि लाभदायक छ । यसमा पर्याप्त मात्रामा आइरन पाइन्छ ।

– देशी बदाम : यसमा पर्याप्त मात्रामा प्रोटिन तथा फाइबर पाइनुका साथै क्याल्सियम, एन्टीअक्सिडेन्ट तथा भिटामिन ई समेत पाइन्छ । यसको सेवनले दाँत एवं हड्डी बलियो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्