Logo

फ्रेन्च लिग वानमा पीएसजीको सानदार जित



Spread the love

९ भदाै, काठमाडौं । साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ । आइतबार पीएसजीको घरेलु मैदानमा भएको खेलमा टोलुसोमाथि ४–० को फराकिलो जित निकालेको हो ।

पीएसजीको जितमा वैकल्पिक खेलाडी इरिक म्याक्सिम चुपो मोटिङले दुई तथा मार्किनेसले एक गोल गरे भने एक गोल उपहार पाएको थियो ।

उसका स्ट्राइकरद्वय केलियन एम्बाप्पे र इडिनसन काभानी घाइते भएका छन् । १४ औं मिनेटमा काभानीले घाइते हुँदै मैदान छाड्नु परेको थियो भने दोस्रो हाफको ६६ औं मिनेटमा थाइमा समस्या आएपश्चात एम्बाप्लेले पनि मैदान छाडेका थिए ।

जितसँगै पीएसजी ३ खेलबाट ६ अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्