Logo

आज नेपाली टोली र मलेसियन क्लबबीच प्रतिस्पर्धा हुँदै



Spread the love

९ भदाै, काठमाडौं । आज नेपाली राष्ट्रिय टोलीले मलेसियाको सुपर लिग च्याम्पियन क्लब जोहोर दारुलसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल नेपाली समय अनसुार साँझ ६ः३० बाट सुरु हुनेछ ।

नेपाली टोली मिडफिल्डर सुजल श्रेष्ठको कप्तानीमा मैदान उत्रनेछ । यसपटक नियमित कप्तान विराजलाई आराम दिइएको थियो भने उपकप्तान भरत थाइल्याण्डमा र किरण जापानमा रहेका छन् ।
नेपाली टोलि :
गोलकिपरः विकेश कुथु, एलन न्यौपाने,विशाल श्रेष्ठ
डिफेन्डर: सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डरः सुनील वल, रवि पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई
स्ट्राइकरः विमल घर्तिमगर, विमल राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्