Logo

बलिउडकी चर्चित गायिका-नेहा कक्कर (फोटो फिचर)



Spread the love

हिन्दी गीत सुन्ने जो-कोहीका लागि सु-परिचित नाम हो- नेहा कक्कर(Neha Kakkar) । उनलाई सायदै बलिउडमा मन नपराउने कोही छैन होला । उनी एक सफल गायिका पनि हुन् । उनले आफ्नो लोभ लाग्दो सुन्दरता र जादुमय स्वरले बलिउडमा हङ्गामा गराएकी छिन् । उनले गीत नगायका कुनै बलिउड फिल्म छैन होला ।

 

२००८ मा उनले फस्ट एल्बम ‘नेहा द रक स्टार’ निकालेकी थिइन् भने २०१३ मा अभिनेत्र सहिद कपुरले अभिनय गरेको चलचित्र ‘फाटा पोस्टर नाकाला हिरो’ को ‘Dhating Naach’मा उनले आफ्नो स्वर दिएकी छिन । २०१४ को चर्चित गीत ‘Sunny Sunny’ बाट करोडौँ फ्यानको मन मुटुमा राज गरेकी थिइन् ।

उनले गायका सबै गीत दर्शकको मुखमै झुडिएका हुन्छन् । उनले आफ्नो जादुमय स्वरमा करोडौँ फ्यान लठ्ठ भएका हुन्छन् । ‘हुने बिरुवाको चिल्लो पात भने जस्तै उनी सानै उमेर देखि गीत, सङ्गीतलाई रुचाउँन थिइन् ‘ ।

उनी विविध कारणले चर्चामा आएकी हुन्छिन् । कहिले उनको जादुमय स्वर, कहिले उनको ‘डिम्पल’को कारण त कहिले उनको सुन्दरताको कारण चर्चामा रहेकी हुन्छिन् ।

प्रतिक्रिया दिनुहोस्