Logo

फाती ला लिगाको इतिहासमा कम उमेरमा डेब्यु गर्ने दोस्रा कान्छा खेलाडी



Spread the love

९ भदाै, काठमाडौं । आइतबार स्पेनिस ला लिगा अन्तर्गत रियल बेटिसविरुद्ध ५-२ को जितमा बार्सिलोनाका लागि १६ वर्षीय अन्सुमान फातीले डेब्यु गरेका छन् ।ग्रिज्मनले नयाँ क्लबका लागि गोल गर्दा बार्सिलोनाले युवा फरवार्ड फातीलाई मौका दिएको हो ।

खेलको ७८ औं मिनेटमा कार्लेस पेरेजको सट्टामा मैदान प्रवेश गर्दै फाती ला लिगाको इतिहासमा कम उमेरमा डेब्यु गर्ने दोस्रा कान्छा खेलाडी बन्न सफल भएका हुन् । यस अगाडी सन् १९४१ को अक्टोबरमा रियल म्याड्रिडका भिसेन्टे मार्टिनेजले फाती भन्दा १८ दिन कम उमेरमा डेब्यु गरेका थिए । फातीको उमेर १६ दिन २ सय ८० दिन मात्र भएको छ ।

यति चाडै पहिलो टोलीमा पर्ने सम्भावना नभएपनि कप्तान मेस्सी, लुइस सुआरेज र ओस्मान डेम्बेले घाइते भएपछि उनले मौका पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्