Logo

यस्ता छन् भुइँमा सुत्दा हाम्रो शरीरलाई पुग्ने फाइदाहरु



Spread the love

हामी अहिले भुइँमा सुत्नुको सट्टा सुबिधा सम्पन्न बेडहरूमा सुत्न मन पराउँछौ । तर, आज पनि ग्रामीण भेगका केही मानिसहरू भुइँमा सुत्छन् । पहिला हाम्रा पूर्खाहरू भुइँमा नै सुत्थे । तर हामी आधुनिक भनाउँदाहरू झुटो प्रतिष्ठाका लागि महंगा बेडमा नै सुत्न रुचाउँछौ ।

आधुनिकतासँगै जीवनशैली परिवर्तन हुँदा मान्छेले बस्ने तथा खाने बेला त भुइँमा बस्न छाडिसके सुत्ने कुरा त झन के गर्नु ? हामीले सुबिधासम्पन्न बेडहरू छोडेर भुइँमा सुत्दा निकै फाइदा हुने एक अध्ययनले पत्ता लगाएको छ ।

-खाटमा सुत्दा कम्मर र गर्दनका पीडा हुन्छन् । तर, भुइँमा सुत्न थाल्नुभयो भने यी कुनै पनि समस्याले सताउँदैनन् ।

-काँध र गर्दनमा पीडा हुने समस्या छ भने पनि भुइँमा सुत्न थाल्नुस् ।

-बेस्सरी थाकेर पनि निद्रा लागेन भने तपाईं भुइँमा सुत्न थाल्नुस् । यसो गर्दा तपाईंलाई गजबको निन्द्रा लाग्छ र उठेपछि पनि थकान र टाउको दुख्नेको साटो ताजापन महसुस हुन्छ ।

-शरीरमा सही रक्तसञ्चार होस् भनी चाहनुहुन्छ भने भुइँमा सुत्न थाल्नुस् । यसो गर्दा शरीर दिमागको तालमेल सही बस्छ र स्वास्थ्य पनि राम्रो रहन्छ ।

-दिनभरिको थकान र तनावलाई हटाउने गजबको उपाय भुइँमा सुत्नु नै हो । भुइँमा सुत्दा मानसिक शान्ति पाइन्छ, मन रमाउँछ र तनाव तथा थकान भाग्छ ।

प्रतिक्रिया दिनुहोस्