Logo

जोहोर दारुलसँगको मैत्रीपूर्ण खेलमा पराजय व्यहोरेको राष्ट्रिय टोलि स्वदेश फर्कंदै



Spread the love

१० भदौ, काठमाडौं । आज नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किंदै छ । मलेसियन लिग च्याम्पियन क्लब जोहोर डारुल टाजिमविरुद्धको मैत्रीपूर्ण खेलमा पराजय व्यहोरेको नेपाली टोलि आज बेलुका स्वदेश फर्किन लागेको हो । एन्फाको अनुसार नेपाली टोलि बेलुका ९ बजे काठमाडौं आइपुग्नेछ ।

विश्वकप छनोटको तयारीका लागि मलेसिया पुगेको नेपाली टोली मैत्रीपूर्ण खेलमा जोहोर दारुलसँग १–० ले पराजित भएको थियो ।

१० दिनपश्चात विश्व कप छनोटको यात्रा सुरु गर्ने नेपाली टोली त्यसैको तयारीको सिलसिलामा मैत्रीपूर्ण खेलका लागि मलेसिया पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्