Logo

साफ यू–१५ : बंगलादेशविरुद्ध नेपाली युवा टोलि ‘गर या मर’को अवस्थामा



Spread the love

१० भदौ, काठमाडौं । नेपालले आज भारतमा जारी साफ यू–१५ च्याम्पियनसिपमा बलियो टोली बंगलादेशको सामना गर्दैछ । खेल दिउसो ३ः१५ बाट कल्याणी रंगशालामा सुरु हुनेछ । फाइनलमा पुग्न जित्नैपर्ने दबाब भए पनि नेपाल गर या मरको अवस्थामा बंगलादेशविरुद्ध खेल्न लागेको हो ।

पाँच टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा नेपाल तेस्रो स्थानमा रहेको छ । घरेलु टोली भारत भने ६ अंकसहित शिर्षस्थान तथा बंगलादेश दोस्रो स्थानमा रहेको छ ।

 बिहिबार नेपालले अन्तिम खेलमा भुटानसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्