Logo

आईसीसीद्वारा हङकङका दुई क्रिकेटरलाई आजीवन प्रतिबन्ध



Spread the love

१० भदौ, काठमाडौं । हङकङका दुई क्रिकेटरलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले क्रिकेट खेल्नबाट आजीवन प्रतिबन्ध लगाएको छ। आईसीसीले म्याच फिक्सिङमा सम्लग्न भएको भन्दै इरफान अहमद र नादीम अहमदलाई आजीवन प्रतिबन्ध र हसिब अमजादलाई पाँच बर्ष प्रतिबन्धको लगाएको हो । नातामा इरफान र नादीम दाजुभाइ हुन्।

आइसिसीको एन्टी करप्सन कोड विपरित काम गरेको भन्दै उनीहरुलाई प्रतिबन्ध लगाइएको हो । छानविन गर्दा तीन खेलाडीले स्कटल्यान्ड र क्यानाडासँगको खेलमा फिक्सिङ गरेको आईसीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्