Logo

पोलेको मकै खाँदा स्वादिलो मात्र नभएर स्वास्थ्यबर्धक तथा पोषणयुक्त पनि



Spread the love

पोलेको मकै खाँदा स्वादिलो मात्र नभएर स्वास्थ्यबर्धक तथा पोषणयुक्त पनि हुन्छ । मानिसहरुले मकैलाई उसिनिएर, भुटेर, पोलेर पनि खाने गर्छन । मधुरो आगोमा पोलेको मकैमा नुन र कागती हालेर खाँदा त्यसको स्वाद अझ बढ्छ ।

पोलेको मकैमा मानिसको शरीरलाई चाहिने प्रशस्त मात्रामा पोषण तत्व हुन्छ । मकैमा भिटामिन ‘बी’, भिटामिन ‘सी’, एन्टी–अक्सीडेन्ट, क्यारेटोनोइड, भिटामिन ‘ए’, पोटासियम, फसफोरस, म्याग्नेसियम, आइरन, कपर, फलाम तथा सेलेनिअमलगायतका विभिन्न पोषक तत्वहरु धेरै मात्रामा हुन्छ ।

यस्ता छन् पोलेको मकै खानुका फाइदाहरु :
– मकैमा पर्याप्त मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियालाई सन्तुलित बनाउँदछ ।

-पोलेको मकैको सेवनले हड्डी मजबुत हुन्छ । मकैमा पर्याप्त म्याग्नेसियम, आइरन, कपर तथा फोस्फोरस पाइन्छ ।

-मकैको सेवनले मृगौला स्वस्थ राख्न पनि सहयोग गर्दछ ।

-पोलेको मकै खानाले दाँत बलियो हुन्छ ।

-मकैंमा पाइने एन्टिअक्सिडेन्ट्स र फ्लेवेनोइड तत्वको कारण यसले क्यान्सर जस्तो खतरनाक रोगको खतरालाई कम गर्छ ।

-मकैंमा पाइने जिन्क, फस्फोरस म्याग्नेसियम र आइरनले हाडलाई मजबुत बनाउन निक्कै ठूलो भुमिका खेल्छ । यसबाहेक यसले हाडजोर्नी दुख्ने रोगलाई पनि कम गर्छ ।

-अनुहार सुन्दर बनाउनकोे लागि पनि मकैंको सेवन गर्न सकिन्छ । मकैंमा भिटामिन ए र सी प्रचुर मात्रामा पाइन्छ ।

-मकैंमा बिटा क्यारोटिन, भिटामिन एक हुन्छ, जसले आँखालाई स्वस्थ्य राख्न सहयोग गर्छ ।

-आलस्य लाग्छ र शरीरमा शक्ति कम भएको महसुस हुन्छ भने मकैं सेवन गर्नुहोस् । मकैंमा कार्वोहाइड्रेट हुन्छ, जसले शरीरमा उर्जा प्रदान गर्ने काम गर्छ ।

प्रतिक्रिया दिनुहोस्